News

Insurance designed to make cardamom farming commercial

Summary

Cardamom is the main cash crop of eastern Nepal and there is a growing demand of insurance to make the cardamom farming commercial. With the increasing demand, the farmers from other districts of Nepal have also started farming cardamom. As a result, the Insurance Committee has issued cardamom insurance policy to make cardamom farming commercial.

Updated on : 19-02-2017


Insurance designed to make cardamom farming commercial

काठमाडौ: नेपालको पूर्वी जिल्लाको मुख्य नगदेबाली गरिने अलैँची खेतीलाई व्यावसायिक बनाउन बिमाको माग दिनप्रति दिन बढ्दै गएको छ । माग बढेसँगै नेपालका अन्य जिल्लाका कृषकले पनि अलैंची खेतीको सुरु गरेका छन् । योसँगै बिमा समितिले अलैंची खेतीलाई थप व्यावसायिक बनाउन अलैंची बिमालेख जारी गरेको छ ।

समितिले गत कात्तिकमा यो बिमालेख जारी गरेको हो । समितिले जारी गरेकोे यो योजना बहुवर्षीय बिमा योजना हो । कृषि बिमामा यो भिन्न खालको योजना हो ।

हालसम्म समितिले एक वर्षीय मात्रै बाली बिमा जारी गर्दै आएको छ । समितिले पहिलो पटक बहुवर्षीय बिमा योजना जारी गरेको समितिका उप–निर्देशक कुन्दन सापकोटाले बताए । 

अलैंची खेती बिमा योजनाले बिमा अवधिमा अलैंचीको बोट क्षति भएमा वा हानीनोक्सानी भएमा लागत मूल्यअनुसारको क्षतिपूर्ति रकम भुक्तानी गर्नेछ । खेती ७५ प्रतिशतभन्दा बढी नोक्सानी भएमा पूर्ण क्षतिअनुसार दाबी गर्न सकिनेछ ।

बिमकले वास्तविक क्षतिको ९० प्रतिशत रकमसम्म भुक्तानी गर्नेछन् । यस योजनाले आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, डुबान, पहिलो, आँधीबेहरी, असिना, हिउँ, तुषारो, आकस्मिक दुर्घटना, कीरा तथा रोगबाट हुने हानीको सुरक्षण गर्नेछ । 

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा नेपालमा ११ हजार ६५० हेक्टर क्षेत्रफलमा गरिएको अलैंची खेतीबाट ५ हजार ३५० मेट्रिकटन उत्पादन भएको थियो । त्यस्तै, गत आवमा भने मन्त्रालयले १२ हजार ८ सय ५ हेक्टर क्षेत्रफलबाट ५ हजार ५ सय ४० मेट्रिकटन अलैंची उत्पादन भएको अनुमान गरेको छ ।

प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दै गएकाले बिमा गर्नु आवश्यक रहेको समितिका उप–निर्देशक  सापकोटाले बताए । “बिमाले अलैंची खेती गर्ने कृषकलाई आर्थिक सुरक्षा प्रदान गर्नेछ । जसले यस खेतीलाई थप व्यावसायिक बनाउनेछ,” उनले भने । 

त्यस्तै, नेपालमा उत्पादित कृषिजन्य उत्पादनमध्ये अलैंची सबैभन्दा उच्च मूल्यमा निर्यात हुने उत्पादन हो । यसको माग सबैभन्दा बढी भारतमा हुने गर्छ । भारत हुँदै सिंगापुर, यूएईलगायत अन्य तेस्रो मुलुकमा पनि यसको निर्यात हुन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आव ०१५/१६ मा ४ अर्ब ६१ करोड रुपैयाँबराबरको ३ हजार ४ सय ३८ मेट्रिकटन अलंैची नेपालबाट बाह्य मुलुकमा निर्यात भएको थियो ।

त्यस्तै, आव ०१४/१५ भने ३ अर्ब ८३ करोड रुपैयाँबराबरको २ हजार ९ सय ३० मेट्रिकटन अलंैची निर्यात भएको थियो । आव ०१३/१४ को निर्यात भने ४ अर्ब २७ करोड रुपैयाँबराबरको ४ हजार ९१४ मेट्रिकटन थियो । 

मुख्य गरी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, दोलखालगायतका जिल्लामा अलैंची उत्पादन हुने गरेको छ ।

अलंैची प्रतिमन (४० केजी) ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म बिक्री हुने कृषकहरू बताउँछन् । अत्तर, औषधि, सौन्दर्य सामग्रीलगायतका अन्य कामका लागि यसको प्रयोग गरिन्छ । 


अलैंची खेतीको बिमा गर्नका लागि न्यूनतम आधा रोपनी जग्गा वा न्यूनतम ३ सय बोट हुनुपर्नेछ । खेती सुरु गरिएको अवधिदेखि १२ वर्षसम्म बिमा गर्न सकिनेछ । खेतीको जोखिम रक्षावरण तथा बिमा दाबी प्रतिबोटको उत्पादन लागतको आधारमा गर्ने व्यवस्था छ । 
खेतीको लागत मूल्य (प्रतिहेक्टर) र बिरुवाको संख्या (प्रतिहेक्टर) को आधारमा बिमांक रकम तोकिने समितिले बताएको छ । कृषकले बिमांकको रकमको ५ प्रतिशत मात्रै बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ । प्रत्येक वर्ष कृषकले खेतीको बिमा नवीकरण गर्नुपर्नेछ । तर, एक पटक बीचमा बिमा रद्द गराएपछि पुन ः निरन्तरता दिन पनि सकिने छैन । प्रत्येक पटक बिमांक रकम थपघट हुनेछ । त्यस्तै, यो बिमालेख जारी हुनुभन्दा पहिले नै खेती गरिसकेका कृषकले पनि बिमा गर्न पाउनेछन् । 
अलैंची बिमाले रक्षावरण गर्ने जोखिमहरू ः
बिमा भनेको सुरक्षा हो । अलैंची बिमालेखले पनि कुनै कारणवश अलैंची खेती क्षति पुगेमा कृषहरूलाई आर्थिक क्षतिपूर्ति भुक्तान गरी राहत प्रदान गर्नुपर्छ ।

मौसमको कारण वा विभिन्न प्रकारका रोग र कीराका कारण अलैंची खेती नष्ट हुने गर्छ । यस्तो अवस्थामा कृषकहरू ठूलो मर्कामा पर्ने गरेका छन् । तर, बिमा गरे पनि यस्ता खालका अवस्थामा बिमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गरिदिन्छ ।

त्यसैले कृषकहरूका लागि यो अति नै लाभदायक भएको समितिले बताएको छ । निम्न अवस्थामा बिमा गरिएको अलैंची नष्ट वा क्षति भएका बिमा कम्पनीले दाबी भुक्तानी गर्छ । 

  • आगलागी वा चट्याङका कारणबाट खेती नष्ट भएमा ।
  • भूकम्पको कारणले खेतीमा क्षति पुगेमा । 
  •  बाढी/डुबान/खडेरी खेती नष्ट गरेमा ।
  • पहिरो/भू–स्खलन खेती नष्ट भएमा । 
  • आँधीबेहरी, असिना, हिउँ वा तुसारोको कारण क्षति भएमा । 
  • आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरूबाट खेती नष्ट भएमा 
  • कीरा तथा रोगबाट हुने हानी–नोक्सानीबाट पनि बिमालेखले रक्षावरण गर्छ ।  

क्षतिपूर्ति नदिने अवस्थाहरू
बिमा गरिएको अलंैची खेती निश्चित अवस्थामा क्षति भएमा बिमा कम्पनीले दाबी भुक्तानी गर्छ । तर, कुनै अवस्थामा भने कम्पनीले भुुक्तानी गर्दैन ।

कहिलेकाहीँ कृषकहरूले बिमा गरे पनि खेतीको सुरक्षा नगर्ने र लापरबाही गर्ने भएकाले कम्पनीले केही अवस्थामा भने भुक्तानी गर्दैन । त्यसैले कम्पनीले भुक्तानी नगर्ने अवस्थामा कृषकहरू चनाखो हुनुपर्छ । कम्पनीले भुक्तानी नगर्ने अवस्थाहरू निम्न प्रकारका छन् : 

  • अलैंचीखेती धनी वा निजको एकाघर परिवारका सदस्यको लापरबाहीको कारणले वा जानाजान मनोरञ्जनको उद्देश्यबाट वा रिसईवीपूर्ण व्यवहारको कारणबाट क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । कानुनी निकायको आदेशमा बिमा गरिएको अलैंची खेतीलाई नष्ट गर्नुपर्ने भएमा । 
  • बिमा गरिएको अलैंची चोरी भएमा । 
  •  बिमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा । तर, कानुनबमोजिम जग्गाको स्वामित्व स्वतः परिवर्तन हुने अवस्थामा यो प्रावधान लागू हुने छैन । जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा बिमालेख नामसारी गरी बिमा सुरक्षणलाई निरन्तरता दिन सकिनेछ । 
  •  युद्ध, अतिक्रमण, विदेशी सैन्य कारबाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बिमा गरिएको अलैंची खेतीमा क्षति भएमा । 
  • अलैंची खेती धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्यांकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाइ झुट्टा कुरा उल्लखे गरेमा विमक दाबीप्रति उत्तरदायी हुने छैन । 
  • अलैंचीको बाँझोपनको कारणबाट अलैंची उत्पादन नभएमा यस बिमालेखले सुरक्षण प्रदान गर्ने छैन । 

बिमितले पालना गर्नुपर्ने सर्तहरू ः 
बिमा भनेको दुई पक्षबीच गरिने एउटा करार हो । यसमा बिमक र बिमित दुई पक्ष हुन्छन् । त्यसैले उक्त करारमा दुवै पक्ष जिम्मेवार हुनुपर्छ । यसमा निश्चित सर्तहरू पनि तोकिएका हुन्छन् । तसर्थ विशेष गरी कृषकहरूले सर्तहरूको विषयमा जानकारी राख्नुपर्छ । अलैंची बिमालेख निम्न प्रकारका सर्तहरू हुन्छन् ः

  • अलैंची खेतीमा कुनै रोग/कीरा वा दुवै लागेमा अलैंची खेती धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्नेछ । साथै, अलैंची खेती धनीले उचित रेखदेख तथा उपचार गराएको कागज÷प्रमाण सुरक्षित साथ राख्नुपर्छ । बिमा दाबीको अवस्थामा सोको प्रमाण पेस गर्नुपर्नेछ । 
  • बिमकले चाहेको जुनसुकै समयमा अलैंची खेती परीक्षण÷निरीक्षण गर्न आउने बिमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई अलैंची खेतीको धनीले परीक्षण/निरीक्षण गर्न दिनु पर्नेछ । बिमालेखमा उल्लेख भएबमोजिम वा तोकिए बमोजिमको शर्तअनुसार बिमा गरिएको बालीको उचित स्याहार सम्भार नगरेको अवस्थामा विमकले विमितलाई सात दिनको लिखित सूचना दिई बिमालेख रद्द गर्न सक्नेछ । 
  • अलैंची खेती धनीले अलैंची खेतीको क्षति/हानी–नोक्सानी भएमा सोको ३ दिनभित्र लिखित जानकारी स्वयं वा सदस्य संस्थामार्फत बिमकलाई दिनुपर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टाभित्र बिमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति÷हानी–नोक्सानीको निरीक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म अलैंचीखेती धनीले क्षति/हानी–नोक्सानीको स्थानलाई यथा अवस्थामा राख्नुपर्नेछ । तर, क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पु¥याउने छैन । 
  • यस बिमालेखअन्तर्गत बिमित अलैंची खेतीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइने छैन । 
  • यस बिमालेखको अनुसूचीमा बिमा अवधि समाप्त हुने भनी उल्लिखित भएको मितिमा स्थानीय समयअनुसार रातको १२ बजेपछि यस बिमालेखको अवधि समाप्त हुनेछ । 
  • अलैंची खेती गरिने जग्गा भाँडामा लिई प्रयोग गरिएको अवस्थामा जग्गा धनीसँग भएको सम्झौताको प्रतिलिपी बिमा प्रस्ताव फारम साथ पेस गर्नुपर्नेछ । 
  • अलैंची खेतीको बिमा गर्नका लागि न्यूनतम आधा रोपनी जग्गा वा न्यूनतम ३ सय बोट हुनुपर्नेछ । 
  • अलैंची खेतीको बिमा अलैंची रोपिएको सुरु वर्षदेखि १६ वर्षसम्म गर्न सकिनेछ । 
  • अलैंची खेतीको जोखिम रक्षावरण तथा बिमा दाबी प्रतिबोटको उत्पादन लागतको आधारमा गरिनेछ । 

दाबीसम्बन्धी प्रक्रिया :    
बिमा गरिएको खेतीमा क्षति पुगेका कृषकहरूले तुरुन्त कम्पनीमा दाबी गर्नुपर्नेछ । दाबी गर्ने निश्चित प्रक्रिया हुन्छन् । जसलाई कृषकले पालना गर्नुपर्छ । कतिपय अवस्थामा कृषकले प्रक्रिया पूरा गर्दैनन् र दाबी भुक्तानीको समय पनि लम्बिन पुग्छ । तसर्थ निश्चित प्रक्रिया पु-याएर नै दाबी गर्नुपर्छ । 

यस बिमालेखले रक्षावरण गरेको जोखिमहरूको कारणबाट विमितको अलैंची खेतीको हानि भएमा सोको १५ दिन भित्र वा सो अवधि भित्र संम्भव नभएमा सोका कारण सहित सम्भव हुनासाथ बैंक वा सदस्य संस्था मार्फत देहायका कागजातहरू बिमकसमक्ष पेस गर्नुपर्नेछ ः

  • सक्कल बिमालेख (आंशिक क्षति भएको अवस्थामा बिमालेखको छाया प्रति) बुझाउनु पर्नेछ । 
  • पूर्णरूपले भरिएको दाबी फारम पनि पेस गर्नुपर्नेछ । 
  • सम्बन्धित प्राविधिको प्रतिवेदन । 
  • सम्बन्धित गाविस वा नगरपालिका वा कम्तीमा नजिकको दुईजना छिमेकी÷सधियारको सर्जमिन मुचुल्का ।
  • क्षति भएको अलैंचीको फोटो ।
  • बिमा अवधिभित्र प्रतिहेक्टर ५ प्रतिशतभन्दा बढी बिरुवा क्षति भएमा मात्र बिमा दाबी भुक्तानी गरिनेछ । 
  • बिमा अवधिभित्र बिमा गरिएको अलैंची खेती ७५ प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षतिअनुसार दाबी भुक्तानी गरिनेछ । 
  • बिमा अवधिभित्र बिमा गरिएको अलैंचीको बोट मरी नयाँ बिरुवा प्रतिस्थापन गरेको अवस्थामा नयाँ बिरुवा गन्तीको आधारमा चालू बिमाशुल्क दरअनुसार बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ । 

विगत तिन बर्षमा अलौती निर्यात विवरण
(परिमाण मेट्रिकटन, रकम रु.हजारमा)
विवरण    आव २०१३/१४    आव २०१४/१५    आव २०१५/१६
 परिमाण    मूल्य    परिमाण     मूल्य    परिमाण    मूल्य
कुल निर्यात    ४९१४    ४२७०३७२    २९३०    ३८३९८११    ३४३९    ४६१४६१२

 स्रोत : व्यापार तथा निकासी केन्द्र 


Most Recent News


Search All News

Member Area

Search this Site
Contents
Search Trade Information
 




 

 

 

 

Information and Articles
 






 

 

 


Important Links
 

NTIP Promotional Video 

Preferential Tariff from USA 

Trade Data of Nepal

Register Business in Nepal

Exchange Rates

WTO Speak

WTO Legal Text

WTO Document & Resources

Doing Business in Nepal

ITC Trade Map 

International Trade Centre

CBI Netherlands 

EU Trade Export Helpdesk 

AUMA

Nepal Trade Integration Strategy (NTIS) 2016

Upcoming Events